१६ चैत्र २०८०, शुक्रबार

विजयी भएको ५ दिनपछि मतगणना नभएको एउटा मतपेटिका फेला परेपछि….

प्रकाशित मिति :  19 May, 2022 4:26 pm


काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिकामा निर्वाचन घोषणा भएको केहीबेरमा एउटा वडाको मतगणना नै नभएको खुलेको छ । स्थानीय तह निर्वाचन अन्तरगत बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को मतगणना नसकिँदै अन्तिम नतिजा घोषणा भएको खुलेको छ ।

बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतपरिणाम सार्वजनिक भइसकेपछि ढिला गरी एउटा मतपेटिका गणना नै नभएको खुलासा भएको छ । बर्दिबासका १३ वटा वडाको मतगणना सम्पन्नपछि अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप एउटा मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामांगले बताइन्।

बर्दिबास–८ स्थित बेलगाछीको २ वटा मतपेटिकामध्ये एउटा मतपेटिकाको मात्रै मतगणना भएको र अर्को मतपेटिका अर्कै वडामा फेला परेको उनले बताइन् । उनले आजै मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेला सबै मतपेटिकाको खोजी नगरेकाले अन्य वडाका मतपेटिकासँग भूलवश छुटेको उनले बताइन् ।

निर्वाचन कार्यालय बर्दिबासले छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम सर्वदलीय बैठकबाट स्वीकार गराएर गणना सुरु गरिने जनाएका छन् । निर्वाचन आयोगका अनुसास ५ दिन अगाडी नै वडा नम्बर ८ का नेकपा माओवादी केन्द्रका शमशेस सिंह लामा ७५३ मत सहित विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !