६ जेष्ठ २०८१, आइतबार

पनौती नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा एमाले निर्वाचित

प्रकाशित मिति :  20 May, 2022 10:13 am


काभ्रे । काभ्रेको पनौती नगरपालिका मेयरमा काँग्रेस र उपमेयरमा एमाले विजयी भएको छ । मेयरमा काँग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत ल्याएका छन् ।

उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत ल्याएका छन् ।

पनौतीमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !