८ पुस २०८२, मंगलबार

जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

प्रकाशित मिति :  20 May, 2022 11:59 am


काडमाडौं । बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्ष पदका उम्मेदवार छब्बन खाँले नेकपा (एमाले)का हिमान्सु यादवलाई पछि पार्दै छ हजार ६५३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत वासुदेव शर्माले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी यादवले चार हजार ७९५ मत पाउँदा जसपाका राजीवकुमार कुर्मीले दुई हजार ९३८ मत पाएका थिए ।

उपाध्यक्षमा नेपाली कांग्रेसका रामप्यारी यादवले एमालेका भूमिसरा धिताललाई पछि पार्दै छ हजार ९०९ मत ल्याएर निर्वाचित भए । धितालले तीन हजार ४५६ मत ल्याउँदा नेकपा (माओवादी केन्द्र)का रक्षाराम कुर्मीले दुई हजार २२९ मत ल्याएका थिए ।

छ वडा रहेको सो गाउँपालिकामा कांग्रेसले तीन, जसपाले दुई र माओवादी केन्द्रले एक वडामा जितेको थियो । कूल २२ हजार ८२९ मतदाता रहेको उक्त गाउँपालिकामा १८ हजार ५४३ मत खसेको थियो ।

खसेका मतमध्ये ७०५ बदर भएको थियो । अहिलेसम्म नेपागञ्ज उपमहानगरपालिकासहित चार पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अझै तीन पालिकाको मत परिणाम सार्वजनिक हुन बाँकी छ । जिल्लामा आठ स्थानीय तह छन् ।



प्रतिक्रिया दिनुहोस !