१३ बैशाख २०८१, बिहिबार

नेपाल फाइनान्सको हकप्रद आजदेखि निष्काशन

प्रकाशित मिति :  20 May, 2022 12:23 pm


काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले आजदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४.२७५० कित्ता हकप्र सेयरमा आज जेठ ६ गतेदेखि आवेदन खुला गरेको हो ।

कम्पनीले चुक्तापुँजीको ७० प्रतिशतले हुन आउने हकप्रद सेयर १०ः ७ को अनुपातमा सेयरधनीलाई वितरण गरिएको हो । हाल ४९ करोड ३४ लाख ९६ हजार ३२५ रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८३ करोड ८९ लाख ४३ हजार ७५२ रुपैयाँ ५० पैसा पुग्नेछ।

कम्पनीले हकप्रद प्रयोजनका लागि वैशाख २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, वैशाख २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको छ ।

कम्पनीको हकप्रदमा जेठ २६ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर सी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ।



प्रतिक्रिया दिनुहोस !