अहिलेसम्म राप्रापा ४ पालिकासहित ६४ वडामा विजयी
प्रकाशित मिति : 20 May, 2022 12:39 pm
काठमाडौं । राष्टिय प्रजातान्त्रिक पार्टीले २०७९को स्थानीय तहको निर्वाचनमा ४ पालिकामा विजयी हासिल गरेको छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनको मतगणना जारी रहँदा हालसम्म ४ पालिका र ६४ वडामा विजय प्राप्त गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार राप्रपाले अहिलेसम्म ४ पालिका प्रमुख, ४ उपप्रमुख, ६४ वडा अध्यक्ष र ३६७ जना वडा सदस्यमा जित हासिल गरेको छ ।
राप्रपाबाट दमक नगरको मेयरमा राम थापा, शंखरापुर नगरको मेयरमा रमेश नापित, कपिलवस्तुको शिवराज नगरको मेयरमा अजय थापा र हल्दिबारी गाउँपालिका प्रमुखमा रवीन्द्र लिङ्देन विजयी भएका छन् ।








