६ जेष्ठ २०८१, आइतबार

यौन दुर्व्यवहारको घटना ८ वर्षपछि टिकटकबाट सार्वजनिक, दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन

प्रकाशित मिति :  20 May, 2022 1:29 pm


लक्ष्मी ज्ञवाली

काठमाडौं । सन् २०१४ मा भएको ‘मिस ग्लोवल इन्टरनेशनल’ सौन्दर्य प्रतियोगितामा सहभागी एक किशोरीले आफूमाथि जबरजस्ती करणी भएको खुलासा गरेकी छन् । उनले ६ महिनासम्म आफुमाथि यौन दुर्व्यवहार भएकाे बताएकी छिन् ।

बुधबार ‘सुसी खान जाने हो’ नामक टिकटक आइडीबाट पीडितले आफूमाथि जबरजस्ती करणी भएको बताएकी हुन् । उनले आफूलाई कार्यक्रमका आयोजकमध्येका एक व्यक्तिले जबरजस्ती करणी गरेको खुलाएकी छन्।

प्रतियोगितामा ‘फस्ट रन अप’ बनेकी उनलाई कार्यक्रमपछि ‘सक्सेस पार्टी’का लागि भन्दै आयोजमध्येका एक व्यक्तिले एभरेष्ट होटलमा बोलाएर आफूमाथि याैन हिंसा गरेकाे बताएकी छन् ।

कार्यक्रम सकिएपछि सक्सेस पार्टी छ, रेडी भएर आउनू भनी होटल एभरेष्टमा बोलाइ करणी गरेको खुलाएकी छिन् । पीडितले भनेकी छन्, ”म उनले बोलाए अनुसार होटलमा जाँदा अरु कोही नदेख्दा, अरु खोइ त भनी सोध्दा उनले तिमी धेरै चाँडो आयौं, पार्टी ६-७ बजेदेखि शुरु हुन्छ भनेका थिए ।”

केहीबेरपछि उक्त व्यक्तिले वेलकम ड्रिंक भन्दै ‘लेमनेड’ अडर गरी खुवाएको बताएकी छिन् । ‘लेमनेड’ खाएको १०-१५ मिनेटमा आफू लठ्ठिएर पछि असहज महसुस भयो घर जान चाहन्छु भन्दा उक्त व्यक्तिले तिमीहरुलाइ गाह्रो होला भन्दै होटलको एक कोठा लिएको बताएको र आफुलाई आराम लगाएको त्यहाँ बस्न पठाएकाे बताएकी छिन् ।

तिमी आराम गर सबै जना आएपछि तिमीलाई उठाउन पढाउछु भन्दै होटलको कोठामा पठाएको बताएकी छन् । उनले आफू बिहान साढे ४-५ बजे होस खुल्दा आफु र उक्त व्यक्तिलाई नग्न अवस्थामा पाएको बताएकी छन् ।

त्यसपछि आफु ठुलो स्वरले रुदै गर्दा ती व्यक्तिले आफ्नो झोलामा २० हजार हालिदिएर उल्टै ‘तलाईं पैसा चाहिएको थियो, त्यसैले तैंले भने अनुसार नै सबै भएको’ भन्दै धम्क्याएको उनले बताएकी छन् ।

पीडितले घटना भएको ६ महिनासम्म नग्न तस्विर र भिडियो संचार माध्यमबाट बाहिर ल्याइदिन्छु भन्दै बारम्बार दुर्व्यवहार समेत गरेकाे बताएकी छिन् ।

उक्त घटना भएको ६ महिना पछि मिस नेपाल माल्भिका सुब्बालाई आफु माथि यौन दुर्व्यवहार भएको र सहयोका लागि आह्वान गर्दा मिस नेपालले समेत तिम्रो समस्या हो भनी वेवास्ता गरेको आरोप लगाएकी छिन्।

यति बेला सामाजिक संजालमा उनका पक्षमा धेरैले आवाज उठाउन थालेका छन् । उनको न्यायका लागि यतिबेला टिकटक तथा फेसबुकमा #justicforsusmita अभियान ट्रेडिंगमा रहेको छ । उनको न्यायका लागि पूर्व मिस नेपाल रुवी राणा, श्रुखला खतिवडा, नायिका पूजा शर्मा, स्वेता खड्का लयायत धेरैले आवाज उठाएका छन् ।

उनको पक्षमा यतिबेला बालुवाटारमा प्रर्दशन भइरहेको छ । दोषीमाथि कारहीको माग गर्दै व्यानर र पम्मेट सहित प्रर्दशन गरिएकाे हाे ।

प्रर्दशनकारीले पिडितले न्यायका लागि जुनसुकै बेला पनि आवाज उठाउनु पाउँनु पर्छ भन्दै नारावाजी गरेका छन् । ८ बर्ष अगाडि भएको घटनाका प्रमाण नष्ट भएको पिडितले बताएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !