७ जेष्ठ २०८१, सोमबार

धादिङमा सकियो मतगणना, कुन पालिकामा कसले जित्यो ?

प्रकाशित मिति :  20 May, 2022 4:25 pm


अस्मिता धिताल,

धादिङ । धादिङ जिल्लामा रहेको १३ वटै पालिकामा मत गणना सकिएको छ । सत्ता गठबन्धनबाट प्रमुख पदमा ८ वटा पालिकामा र उपप्रमुखमा १० वटा पालिकामा विजयी हासिल गरेको छ भने नेकपा एमाले बाट प्रमुख पदमा २ वटा पालिकामा मात्रै विजयी भएको छ ।

गठबन्धनबाट काँग्रेसले ७ वटा पालिकामा प्रमुख र ६ वटा पालिकामा उपप्रमुख, एकिकृत समाजवादीले प्रमुखपदमा १ वटा र उपप्रमुखमा २ वटा पालिका र माओवादीले प्रमुखमा ३ वटा र उपप्रमुखमा ५ वटा पालिकामा विजयी हासिल गरेका छ ।

सदरमुकाम रहेका निलकण्ठ नगरपालिकामा प्रमुख पदमा नेपाली काँग्रेसका भीमप्रसाद ढुंगानाले चौध हजार पाँच सय मत प्राप्त गरी आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गंगादेवी क्षेत्र लाई पराजित गरेका छन् भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दीपक विश्वकर्मा विजयी भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षय दुवैपदमा पदमा सत्ता गठबन्धन विजयी भएका छन् । अध्यक्ष पदमा छ हजार सात सय १ मात ल्याएर कांग्रेसका राजु उप्रति विजय भएका हुन् । उनका प्रतिस्प्रर्धि एमालेका उम्मेदवार संगीता कुमालले पाँचहजार दुई सय १० मत प्राप्त गरेका हुन् । उपाध्यक्ष पदमा नेकपा माओवादि केन्द्रका देवराज धरेलले छ हजार ३४ मत ल्याएर विजय हासिल गरेका हुन् ।

खनियाबास गाँउपालिकामा अध्यक्षपदमा नेपालि कांग्रेसका रणबहादुर तामाङ र उपाध्यक्ष पदमा माओवादी केन्द्रका सेक्केमान तामाङ विजयी भएका छन् । रणबहादुरले एक हजार ६० मत प्राप्त गरी आफ्नो निकट प्रतिस्प्रर्धी स्वतन्त्र उम्मेदवार फुलबहादुर तामाङलाई पराजित गरेका हुन् । उपाध्यक्ष सेक्केमानले एक हजार ८ सय २७ मत प्राप्त गरेका छन् ।

रुविभ्याली गाँउपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी अध्यक्ष नेकपा माओवादी केन्द्रका रामसिहं तामाङले दुई हजार सात सय ९२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्प्रर्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले दुईहजार नौ सय ३ मत ल्याएर पराजित भएका हन् । त्यसै गरी उपाध्यक्षमा नेपाली काँग्रेका फेलाका तामाङले दुई हजार नौ सय ३ मत प्राप्त गरी राप्रपाका धनकुमारी तामाङलाई पछि पारी विजयी हासिल गरेका हुन् ।

गजुरी गाँउपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी । अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश लाल श्रेष्ठले छ हजार तिन सय ८ मत ल्याएर नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेलाई पराजित पारेका हुन् भने उपाध्यक्षमा नेपाली कांग्रेसका शर्मिला विसुरा एमालेकी भगवती खतिवडालाई पाचँ हजार छ सय ९९ मत प्राप्त गरेर हराएकी हुन् ।

धुनिबेशी नगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले नै विजय हासिल गरेका छन् । नगरप्रमुखमा आठ हजार सात सय ६ मत प्राप्त गरी नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन् । उनको प्रतिस्प्रर्धि नेकपा एमालेका उम्मेदवार रामराजा पाण्डेले छ हजार पाँच सय मत ल्याएर पराजित भएका हुन् । त्यसै गरी नेकपा एमालेकै मन्दिरा श्रेष्ठलाई नेपाली काँग्रेसका सुरज उप्रेतिले आठ हजार तिन सय ८७ मत प्राप्त गरी हराएका हुन् ।

गल्छी गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेका केदारनाथ खतिवडा ,उपाध्यक्षमा कांग्रेसका भाइकाजी तिवारी विजयी भएका हुन् । केदारनाथले सात हजार तिन सय ९ मत प्राप्त गरी सत्ता गठबन्धनका उम्मेदवार एकिकृत समाजवादीका कृष्णहरी श्रेष्ठलाई पराजित गरेका हुन् । उपाध्यक्ष पदमा भने गठबन्धनबाट काँग्रेसका तिवारीले सात हजार चार सय ९४ मत ल्याएर एमालेकी उम्मेदवार राधा लामिछानेलाई हाराएका हुन् ।

ज्वालामुखी गाउँपालिकामा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका यमनाथ दिने र उपाध्यक्षमा एकिकृत समाजवादिका धर्मबहादुर अर्याल विजयी भए । यमनाथले आठ हजार ३४ मत ल्याएर उनको प्रतिस्प्रर्धी एमालेका हरिराम लोहनीलाई हराएको हो । लोहनिको पाँचहजार चार सय ९९ मत आएको हो । सात सय ७१ मत प्राप्त गरेकी एमालेकी चन्द्रकुमारी अधिकारीलाई धर्मबहादुरले छ हजार चार सय ४५ मत ल्याएर पराजत गरेका हुन् ।

गंगाजमुना गाँउपालिकामा अध्यक्ष गठबन्धन कांग्रेसका भक्त लामाले छ हजार दुई सय ६२ मत प्राप्त गरी प्रतिस्प्रर्धि एमालेका भक्तबहादुर लामिछानेलाई हराए । लामिछानेले चार हजार ५० मत प्राप्त गरेका हुन् । त्यसै गरी उपाध्यक्षमा माओवादीका रामेश्वर सिंखडाले पाँच हजार ३८ मत ल्याएर एमालेकी एन्जीला तामाङलाई पराजित गरेका हुन् ।

सिद्धलेक गाँउपालिका अध्यक्षमा गठबन्धनबाटै नेपाली कांग्रेसका पशुराम खतिवडाले सात हजार नौ सय ५६ मत ल्याएर प्रस्प्रिर्धी एमालेका प्रिमनाथ सिलवालाई हराएका हुन् । सिलवालले छ हजार एकसय ७१ मत ल्याएका हुन् । उपाध्यक्ष पदमा समाजवादीकी सविता अर्यालले सात हजार दुई ६२ मत ल्याएर विजयी हासिल गरेका हुन् ।

थाक्रे गाँउपालिकाको अध्यक्षमा एमालेका रामकुमार आचार्यले कांग्रेसका राम प्रसाद विडारीलाई दश हजार तिन सय ५५ मत ल्याएर पराजित गरेका हुन् । उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका यन्त्रबहादुर थापा विजयी ।

नेत्रावती डबजोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यमा नेपाल कांग्रेस विजयी । अध्यक्षपदमा मेघनाथ रिजालले दुई हजार पाँच सय ४२ मत ल्याएर माओेवादी केन्द्रका उर्मिला गुरुङलाई पराजित गरेका हुन् । त्यस्तै उपाध्यक्ष पदमा सितामायाँ गुरुङले दुई हजार सात सय ८६ मत ल्याएर नेकपा एमालेकी विना कुमारीलाई पराजित गरेका हुन् ।

बेनिघाट रोराङ गाउँपालिकामा गठबन्धबाट नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलियाले सात हजार छ सय ८० मत ल्याएर अध्यक्ष पदका लागी विजयी भएका हुन् । उनले पाँच हजार ७२ मत ल्याएका एमालेका देनप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् । उपाध्यक्षका लागी समाजवादीका टपबहादुर श्रेष्ठले छ हजार चार सय ६७ मत ल्याएर हिरादेवी रेग्मीलाई हराएका हुन् ।



प्रतिक्रिया दिनुहोस !