६ बैशाख २०८१, बिहिबार

अर्घाखाँचीमा नवनिर्वाचित जनप्रतिधिहरूले लिए सपथ

प्रकाशित मिति :  20 May, 2022 5:07 pm


अर्घाखाँची । अर्घाखाँचीमा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिधिहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, सन्धिखर्कमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले नगपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

सपथग्रहणमा शितगंगा नगरप्रमुख छविलाल पौडेल, भूमिकास्थानका नगरप्रमुख झविलाल थापा, मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई, छत्रदेव गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र पाणिनी गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने थिए ।

सबै स्थानीय तहका प्रमुखहरू सपथ ग्रहणमा सहभागी भए पनि सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ भने सहभागी भएनन् । श्रेष्ठकी आमाको निधन भएकाले पछि मात्र शपथग्रहण गरिनेछ ।६ वटा स्थानीय तहमध्ये तीन नगरपालिका र तीन गाउँपालिका रहेको जिल्लामा ६१ वटा वडा छन् ।



प्रतिक्रिया दिनुहोस !