१४ बैशाख २०८१, शुक्रबार

सैनामैना नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

प्रकाशित मिति :  20 May, 2022 7:18 pm


सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकोको मेयरमा नेपाली कांग्रेसका फणिन्द्र शर्मा विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार चित्र बहादुर कार्कीलाई ५८२ मतान्तरले हराएका छन् ।

शर्माले १५६८६ मत प्राप्त गर्दा कार्कीले १५१०५ मत पाएका छन् । २०७४ को निर्वाचनमा कार्कीले शर्मालाई हराएर मेयरमा निर्वाचित भएका थिए ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी विना राना निर्वाचित भएकी छिन् । उनले माओबादी केन्द्रका उम्मेदवार मान बहादुर महतलाई २०४२ मतले हराएकी छिन् । रानाले १५७६२ मत प्राप्त गर्दा महतले १३७२० मत पाएका छन् । २०७४को निर्वाचनमा पनि रानाले उपमेयर जितेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !