१३ बैशाख २०८१, बिहिबार

अमेरिकी उपविदेशमन्त्री जेया काठमाडौंमा

प्रकाशित मिति :  20 May, 2022 7:47 pm


काठमाडौं । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेकी छिन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपमन्त्री जेयालाई परराष्ट्र मन्त्रालयका अधिकारी र यहाँस्थित अमेरिकी दूतावासका अधिकारीले स्वागत गरेका छन् । उनले शनिबार र आइतबार काठमाडौंमा विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जेयाले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य–सचिव शंकरदास वैरागीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उपविदेशमन्त्री जेयाको भ्रमणबारे आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

जेया नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा अमेरिकी सहयोग नियोग युएसएआइडीकी एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी भएकी छिन् । दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७५औँ वर्ष चलिराखेको सन्दर्भमा भ्रमणको आदानप्रदान भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस !