१३ बैशाख २०८१, बिहिबार

धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

प्रकाशित मिति :  22 May, 2022 9:02 am


धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले कांग्रेसका नृपबहादुर ओडलाई पराजित गरेका हुन् ।

हमालले २६ हजार ८६५ मत ल्याउदाँ उनका निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८१७ मत मात्रै पाएका छन् । २०७४को चुनावमा हमाल ओडसँग पराजित भएका थिए।

उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी भएकी छन् । रानाले माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २८०९मतान्तरले पराजित गरेकी हुन् ।

रानाले १५ हजार ४७९ मत पाउँदा अधिकारीले १२ हजार ६७० मत मात्रै प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६६०९ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !