१५ चैत्र २०८०, बिहिबार

पक्राउ परेका बलात्कार आरोपित पाण्डेविरुद्धको मुद्दाबारे परामर्शमा प्रहरी

प्रकाशित मिति :  22 May, 2022 9:44 am


काठमाडौं । आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई कुन मुद्दामा लगाउने भन्ने विषयमा कानूनी परामर्शमै रहेको प्रहरीले जनाएको छ। ।

पाण्डेविरुद्ध कुन ऐन अनुसार कानूनी प्रक्रिया अघि बढाउने भन्ने चाहिँ टुंगो लागिसकेको छैन । बलात्कारको घटनामा एक वर्षभित्र अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्ने कानूनी व्यवस्था भएकाले, मानवबेचिखनसम्बन्धी ऐनअनुसार म्याद थप गर्नेबारे छलफल भइरहेको स्रोतको जनाएको छ ।

मानवबेचबिखन सम्बन्धी ऐनको दफा ४ को उपदफा २ (ख) मा ‘शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, जबर्जस्ती गरी, करकापमा पारी, शरीर बन्धक राखी, बेहोस पारी’ आफूसँग राख्ने वा नियन्त्रणमा लिनुलाई मानव बेचबिखन तथा ओसारपसार भनिएको छ ।

सौन्दर्य प्रतियोगितामा ‘फस्ट रन अप’ बनेकी युवतीले कार्यक्रमपछि ‘सक्सेस पार्टी’का लागि भन्दै पाण्डेले एभरेष्ट होटलमा बोलाएर आफूमाथि यौन दुर्व्यवहार गरेको बताएकी थिइन् । घटना भएको ६ महिनासम्म नग्न तस्विर र भिडियो संचार माध्यमबाट बाहिर ल्याइदिन्छु भन्दै बारम्बार आफुमाथि दुर्व्यवहार भएको खुलासा गरेकी थिइन् ।

उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक संजालदेखि सडक र सदनसम्म उनको न्यायका लागि आवाजहरु उठ्न थालेपछि प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको हो ।

सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिवार स्वयम्भूबाट पक्राउ गरेको थियो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !