१४ बैशाख २०८१, शुक्रबार

तिलोत्तमाको प्रमुखमा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा

प्रकाशित मिति :  22 May, 2022 10:15 am


बुटवल । स्थानीय तहको निर्वाचनको नतिजा हालसम्म पनि आउने क्रममा नै छ । अधिकांश गाउपालिका र नगरपालिकाको नतिजा आइसकेको छ भने उपमहानगर र महानगरपालिको नजिता सार्वजनिक हुने थालेका छन् ।

सोही क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुबीच रोचक प्रतिस्पर्धा देखिएको छ। सुरुवाती गणनामा कांग्रेसले अग्रता लिएपनि विस्तारै एमालेले अग्रगाता बढाउदै लगेको थियो । शनिबारबाट पुन मतान्तर घटाउदै लगेको कांग्रेस आइतबार बिहान झिनो मतान्तरले अगाडी देखिएको छ ।

यसअघि एमालेका वासुदेव घिमिरेले हाकेको नगरपालिका प्रमुखका लागि यसपटक कांग्रेसको तर्फबाट रामकृष्ण खाँण र एमालेका तर्फबाट मोहन चापागाई प्रमुख पदका लागि मैदानमा छन् । उनीहरुबीच एकअर्कालाई पछि पार्ने क्रम चलिरहेको छ ।

आइतबार बिहान तिलोत्तमा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको साढे ५ बजेसम्मको मत परिणाम अनुसार कांग्रेसका खाँण ६३ मत अन्तरले अगाडी देखिएका छन्। गठबन्धनको नेतृत्व गर्दै उठेका खाँणले १० हजार ५६२ मत पाउँदा एमालेका चापागाईले भने १० हजार ४९९ मत पाएका छन् ।

उपमेयरमा भने सुरुदेखि नै एमालेको अग्रता कायम छ । ऐमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरीले १० हजार २०१ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेले ५ हजार १२ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !