१६ चैत्र २०८०, शुक्रबार

चितवनमा विद्युत् सर्ट हुँदा जलेर शिखर इन्स्युरेन्सका एक कर्मचारीको मृत्यु

प्रकाशित मिति :  22 May, 2022 4:17 pm


सांकेतिक तस्विर


चितवन । कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–१० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल सुवेदीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज दिउँसो १ः१५ बजे कार्यालयको बाहिरपट्टी झुण्ड्याइएको फ्लेक्स बोर्ड झिक्ने क्रममा उक्त घटना भएको हो ।

घटनामा परी भरतपुर–१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सुवेदीको मृत्यु भएको हो । सोही कार्यालयमा कार्यरत भरतपुर–७ निवासी अन्दाजी २२ वर्षीय तरुण थापा घाइते हुनुभएको प्रहरीले जनाएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बोर्ड झिक्ने क्रममा अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो । उक्त आगो भरतपुर महानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा १ः४० बजे पूर्ण नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कार्यालयका कागजात जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस !