१३ बैशाख २०८१, बिहिबार

इटहरीकी युवतीले पनि सार्वजनिक गरिन सात बर्ष अगाडि प्रिन्सिपलले बलात्कार गरेको घटना

प्रकाशित मिति :  22 May, 2022 6:24 pm


काठमाडौं । गत बुधबार मात्रै एक युवती ८ बर्ष अगाडि आफु माथि यौन हिसां भएको भिडियो सार्वजनिक गरे लगतै इटहरीकी अर्की युवतीले उनी माथि पनि सात बर्ष अगाडि बलात्कार भएको बताएकी छिन् ।

इटहरीको ब्लूमिङ लोटस इङ्लिस सेकेन्डरी स्कुलकी एक छात्राले करिब सात बर्ष अघि आफूमाथि सोही विद्यालयका प्रिन्सिपल राज खड्काले बलात्कार गरेको घट्ना सामाजिक संजाल मार्फत सार्बजानिक गरेकी हुन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेको घटना विवरण अनुसार २०७२(०७३ सालतिर विद्यालयको होस्टलमा बसेर कक्षा ९ मा पढिरहेका बेला उनी माथि सो घटना भएको हो ।

‘होस्टलमा बसेका वेला मेरो छातीमा समस्या देखियो, त्यसको उपचार गर्न विदेशबाट बुबाले प्रिन्सिपलको खातामा पैसा पठाउनु भएको थियो’ उनले भनेकी छन्, ‘बुबाले मलाई प्रिन्सिपलसँग सिधै अस्पताल जान भन्नुभएको थियो, तर प्रिन्सिपलले अस्पतालको नलगि होटलमा लगेको उनले बताएकी छिन् ।

प्रिन्सिपलले बुबाआमाको अगाडि उनको धेरै ख्याल गरेजस्तो गरी घरपरिवारको पनि विश्वास जितेको उनको भनाइ छ । तर त्यहि विश्वासको आडमा अस्पताल लैजान्छु भनेर उनले होटलमा ‘स्कूलको पोशाक च्यातेर बलात्कार’ गरेको पीडितको भनाइ छ ।

उसले मलाई केही खान भन्यो, मैले मानिन । म डराइरहेको थिएँ, पसिना आइरहेको थियो’ उनले भनेकी छन्, ‘उसले मलाई यता आउ यहाँ गर्मी हुँदैन भनेर कोठातिर जान भनेको थियो, म त्यतिवेला १५ वर्षकी थिएँ ।’

कोठामा गएपछि उनले ताला ढोका लगाएर जबरजस्तीकरणी गरेको उनको भनाइ छ । ‘उसले यसको भिडियो पनि बनाएको थियो र मलाई पटकपटक त्यो भिडियो देखाएर ब्ल्याकमेल गरेको थियो’ उनले भनेकी । पिडितले भनेकी छिन् ‘एसईई दिउञ्जेलसम्म उसले बाथरुम, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ भेटे पनि मलाई बलात्कार गर्‍यो ।’

पीडितका अनुसार प्रिन्सिपल खड्काले उनलाई विदाको समयमा पनि घर जान दिने गरेका थिएनन् । प्रिन्सिपलले पिडितका बाबुलाई समेत ‘घर गयो भने मेरो पढाइ खस्किन सक्छ, त्यसैले होस्टलमा बस्नु राम्रो हुन्छ भन्दै विश्वास जितेको र प्रिन्सिपलकै खातामा पैसा पठाउन वातावरण बनाएको उनले बताएकी छिन् ।

सो घटनाबारे साथीहरुलाई बताउँदा पनि कसैले नपत्याएको उनको भनाइ छ ।उनले भनेकी छन् ‘मैले यो कुरा प्रिन्सिपलकी श्रीमतीलाई पनि भनेकी थिएँ, तर उनले पनि मेरो लागि बोलिनन्, मैले स्कुलमा तीन पटक आत्महत्या गर्ने प्रयास पनि गरेँ, तर सफल भइन ।’

एसईई परीक्षा दिएपछि परिवारलाई हिम्मत जुटाएर यो कुरा भनेपछि इलाका प्रहरी कार्यालय, धरानमा खड्काविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेको बताएकी छिन् । प्रिन्सिपलले नै बलात्कार गरेको दाबी गरेकी महिलाको परिवारले अपराधी खुलेआम हिँडिरहेको थाहा पाए पनि पक्राउ नपरेको बताएका छन्। पीडितका अनुसार हाल आरोपी काठमाडौं एक विद्यालयमा प्रधानाध्यपक रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !