१३ बैशाख २०८१, बिहिबार

धरान उपमहानगरमा लाैराे चिन्हका हर्क राई विजयी, निकटतम प्रतिद्वन्द्वीले दिए डायरी उपहार

प्रकाशित मिति :  22 May, 2022 6:32 pm


धरान। धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) विजयी भएका छन् । लाैराे चुनाव चिह्न रहेका उनी चार हजार ७६२ मतान्तरसहित प्रमुखमा विजयी भएका हुन्।

स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे ।

किशोरले विजेता हर्कराजलाई कलम र डायरी उपहारसहित बधाइ दिएका छन्। बधाइ थाप्दै हर्कराजले धरानकाे विकासमा सहयाेग गर्न अनुराेध गरेका छन्।

नेकपा एमालेका मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरिन्। प्रमुखमा विजयी राईले २०७५ सालको उपनिर्वाचनमा ४२२ मत प्राप्त गरेका थिए।

उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपामाओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी नेकपाएमालेका पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत प्राप्त गर्नुभयो ।

बीस वडा रहेको धरान उपमहानगरमा वडा नं १, ३, ९, ११, १६, १८ र २० मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं २, ४, ५, ७, ८, १०, १२, १३, १५, १७ र १९ मा एमाले, वडा नं ६ मा स्वतन्त्र तथा वडा नं १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !