६ जेष्ठ २०८१, आइतबार

रेनु १० हजार मतको नजिक अग्रता कायम राख्दै

प्रकाशित मिति :  23 May, 2022 8:34 am


चितवन । भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ९,८३४ मतले अग्रता कायम राखेकी छन् । ।

भरतपुरमा एक लाख १ हजार ९४५ मतगणना सकिँदा रेनुले ४३,२३७ मत प्राप्त गरेकी भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३३,४०३ मत ल्याएका छन् ।

यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३,२९० मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ४४,६४७ मत प्राप्त गरेका छन् भने राप्रपाकी उम्मेदवार हिमला गुरुङले ४४,६४७ मत पाँएकी छन् ।



प्रतिक्रिया दिनुहोस !