७ बैशाख २०८१, शुक्रबार

तिलोत्तमा नगरपालिकामा मतान्तर बढाउदै कांग्रेस पछ्याउदै एमाले

प्रकाशित मिति :  23 May, 2022 9:20 am


बुटवल । स्थानीत तहको निर्वाचनको सकिएको एक साता बढि हुदासमेत देशभरको मतपरिणाम आइसकेको छैन् ।

मतगणनाको क्रममा तीव्र प्रतिस्पर्धा देखिएको तिलोत्तमा नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार रामकृष्ण खाण मतान्तर बढाउदै लगेका छन् । उनलाई एमालेका मोहन चापागाईलाई पछ्याइरहेका छन् ।

यसअघि एमालेका वासुदेव घिमिरेले हाकेको नगरपालिका प्रमुखका लागि यसपटक गठबन्धनका तर्फबाट कांग्रेसको तर्फबाट रामकृष्ण खाँण र एमालेका तर्फबाट मोहन चापागाई प्रमुख पदका लागि मैदानमा छन् ।

सोमबार बिहान तिलोत्तमा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको साढे ८३० बजेसम्मको मत परिणाम अनुसार कांग्रेसका खाँण ७५६ मत अन्तरले अगाडी देखिएका छन्। हालसम्म ३६१५१ मत गणना हुदाँ गठबन्धनको नेतृत्व गर्दै उठेका खाँणले १४ हजार १६८ मत पाउँदा एमालेका चापागाईले भने १३हजार ४१२ मत पाएका छन् ।

उपमेयरमा भने सुरुदेखि नै एमालेको अग्रता कायम छ । ऐमालेकी उम्मेदवार जागेश्वरी देवी चौधरीले १३ हजार ५६ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार हेमलाल पाण्डेले ६ हजार ७२५ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !