१३ बैशाख २०८१, बिहिबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  23 May, 2022 11:22 am


काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको पनि स्थिर रही ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

आज सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार हिजो आइतबार १२७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने जनाएको छ । चाँदीको मूल्य पछिल्लो ३ दिन देखि स्थिर रहेको महासघंले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !