१६ चैत्र २०८०, शुक्रबार

भरतपुरमा दाहालको दश हजार बढीको अग्रता

प्रकाशित मिति :  23 May, 2022 1:45 pm


चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएकी छन् ।

उनले ४४ हजार ४५५ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार २९८ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५८३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपप्रमुखमा चित्रसेन अधिकारीले ४५ हजार ६९४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राप्रपाकी हिमला गुरुङले २७ हजार ११६ मत प्राप्त गरेकी हुन् महानगरमा हालसम्म एक लाख ११ हजार २७३ मतगणना सकिएको छ । अहिले वडा नं २५ र २६ को मतगणना जारी छ ।

भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । भरतपुरमा अहिलेसम्म २४ वडाको मतगणना सम्पन्न भएको छ । उनन्तीस वडा रहेको यस पालिकाको मतगणना आज रातिसम्ममा सम्पन्न हुने अनुमान गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस !