१४ बैशाख २०८१, शुक्रबार

सोमबार सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  23 May, 2022 2:05 pm


काठमाडौं । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

बजारमा आज सुन–चाँदी दुवैकोमूल्य स्थिर रहेको रहँदै प्रतितोला छापावाला सुन ९८ हजार र तेजाबी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला छापावाला सुन ९८ हजार रुपैयाँ र तेजाबी सुन ९७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै आज चाँदीको रहेको मूल्य प्रतितोला १ हजार २७० रुपैयाँ कायम भएको छ भने हिजो पनि चाँदीको मूल्य स्थिर रहँदै चाँदी १ हजार २७० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !