७ बैशाख २०८१, शुक्रबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकियो जजिराको जहाज

प्रकाशित मिति :  23 May, 2022 2:26 pm


काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एरवेजको जहाजमा चरा ठोकिएको आशंका गरिएको छ । कुवेतबाट भैरहवा आएको विमानमा रगतका छिटा देखिएपछि चरा ठोकिएको आशंका सहित जहाज रोकिएको विमानस्थल प्रशासनले जनाएको छ ।

चरा ठोक्किएको आशंका गरेपनि धावनमार्गमा कतै पनि अवशेषहरु नदेखिँदा चरा इन्जिन भित्र घुसेको छ की भन्ने आशंकामा जहाज रोकिएको विमानस्थलका एक अधिकारीले जनाए ।

आइतबार राति पौने २ बजे सामान्य अवतरण गरेको जहाजमा चरा इन्जिन भित्र पसेको छ कि छैन भनेर काठमाडौंबाट इन्जिनियरहरु पुगेपछि मात्रै चेकजाँच हुने र जहाज उड्ने विमानस्थल प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !