४ जेष्ठ २०८१, शुक्रबार

सोमबार नेप्से ३४ अंकले घट्यो

प्रकाशित मिति :  23 May, 2022 4:42 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिन पनि सेयरबजामा निरन्तर आएको पहिरो रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३४.२१ अंकले घटेर २२००.८८ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.६९ अंकले घटेर ४२९.०५ अंकमा झरेको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समूह घटेको छ ।
सोमबार कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ४ करोड १५ लाख ९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आजको दिन गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । संस्थाको सेयरमूल्य ६.२० प्रतिशतले बढेको छ ।
त्यस्तै आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
कूल २२४ वटा कम्पनीको ३९ लाख १७ हजार ६ सय ५५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३६ करोड ९५ लाख १३ हजार एक सय ९२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !