६ जेष्ठ २०८१, आइतबार

विरगञ्ज महानगरको मेयरमा जसपा र उपमेयरमा काँग्रेसको जीत

प्रकाशित मिति :  24 May, 2022 9:07 am


वीरगंज । विरगंज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् ।

सिंहले ४६ हजार २ सय १५ मत प्राप्त गर्दा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् । सिंहले सरावगीलाई २२ हजार ५ सय ४४ बढी मतले हराएका हुन । राप्रपाका गिरीश गिरीले ३ हजार ३ सय १३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेस उम्मेदवार इम्तियाज आलम अधिक मतान्तरले अगाडि रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !