६ जेष्ठ २०८१, आइतबार

भरतपुर महानगरको प्रमुखमा माओवादीकी रेनु र उपप्रमुखमा काँग्रेसका चित्रसेन विजयी

प्रकाशित मिति :  24 May, 2022 9:27 am


चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा रेनु दाहाल निर्वाचित भएकी छन् । महानगर प्रमुखमा दाहाल दोस्रो पटक विजयी भएकी हुन । एक कार्यकाल पूरा गरेकी उनी वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवार बनेकी थिइन् ।

भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमध्ये दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत मात्र पाए । दाहालले १२ हजार ४४९ मतान्तरले एमालेका उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् ।यस्तै गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार​ ७२८ मत पाएका छन् ।

यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् ।

भरतपुर महानगरपालिकामा कांग्रेसले १६ वटा वडा जितेको छ । काँग्रेसले १,२,४,५,६,८, १०, १४,१५, १६, १७, २०,२१, २३, २७ र २९ मा वडाध्यक्ष जितेको हो ।

यस्तै माओवादी केन्द्रले १३, २४ र २६ गरी तीन वडाध्यक्ष जितेको छ भने एकीकृत समाजवादी पनि ७, ९ र २२ गरी तीन वडामा विजयी भएको छ । एमालेले ३, ११, १२, १८, १९ र २८ गरी ६ वडा जितेको छ । महानगरको २५ नम्बर वडामा भने स्वतन्त्र उम्मेदवारले जितेको छ ।



प्रतिक्रिया दिनुहोस !