६ जेष्ठ २०८१, आइतबार

काठमाडौंमा बालेनको मत ५० हजार नाघ्यो, सिंह स्थापित भन्दा ७५२ मतले अगाडि

प्रकाशित मिति :  24 May, 2022 10:29 am


काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका बालेन्द्र साहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । बिहान १० बजेसम्मको मत गणना अनुसार उनले ५० हजार ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै कांग्रेसबाट मेयरको उम्मेदरवार बनेकी सृजना सिंहले ३० हजार ७६७ मत प्राप्त गरेकी छन् । साहले सिंहभन्दा १९ हजार २६३ बढी मत पाएका छन् ।

एमालेका उम्मेदवार बनेका केशव स्थापित ३० हजार १५ मत सहित तेस्रो स्थानमा परेका छन् । स्थापितलाई कांग्रेसकी सिंहले ७५२ मतले पछि पोरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !