६ जेष्ठ २०८१, आइतबार

सिरहाको गोलबजार नगरप्रमुख र उपप्रमुखमा एमाले विजयी

प्रकाशित मिति :  24 May, 2022 10:45 am


सिरहा । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठले ७ हजार ९०८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले ५ हजार ७०१ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा मान्ती साह ७ हजार ७०३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले पाँच हजार ६४३ मत प्राप्त गरेका छन् ।

१३ वडा रहेको गोलबजारको ६ वडामा एमाले, ३ वडामा नेपाली कांग्रेस, २ वडामा माओवादी केन्द्र बाँकी २ वडामा जनता समाजवादी पार्टी विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस !