१६ बैशाख २०८१, आइतबार

पोखरा महानगरपालिकाको मतगणना स्थगित

प्रकाशित मिति :  24 May, 2022 1:16 pm


काठमाडौं । पोखरा महानगरपालिकाको मतगणना स्थगित भएको छ ।

वडा नम्बर १८ मा पुनः मत गणना माग गर्दै मतगणना स्थलमा नेकपा एमालेका प्रतिनिधि बस्न नमानेपछि पोखरा महानगरपालिकाको मत गणना स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ।

पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भएपछि नेकपा एमालेले पुन मतःगणना माग गर्दै निवेदन दिएको छ ।

पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहे पनि नेकपा एमालेका प्रतिनिधि बस्न नमानेपछि रोकिएको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !