२० बैशाख २०८१, बिहिबार

नेप्सेमा समृद्धि फाइनान्सको हकप्रद सेयर सूचिकृत

प्रकाशित मिति :  24 May, 2022 3:07 pm


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद बापतको १९ लाख ५७ हजार ३९ कित्ता सेयर सूचिकृत भएको हो ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले फागुन ८ गते, आइतबारबाट फागुन २९ गते, आइतबारसम्म २ः१ को अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । जसमध्ये, ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर बिक्री नभएर पछि लिलामीमा ल्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !