२० बैशाख २०८१, बिहिबार

संसदमा राष्ट्रपतिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

प्रकाशित मिति :  24 May, 2022 4:51 pm


काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्न बोलाइएको संघीय संसद बैठक सुरू भएको छ । सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गरिरहेकी छन् ।

सरकारले आफ्नो नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक(सामाजिक उन्नयनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !