२१ बैशाख २०८१, शुक्रबार

सरकारले घर–जग्गा कारोबारलाई कडाई गर्ने

प्रकाशित मिति :  24 May, 2022 5:03 pm


काठमाडौं । सरकारले घर–जग्गा कारोबारलाई कडाइ गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा घर–जग्गामा कडाइ गरिने जनाइएको छ।

सरकारको नीति तथा कार्यक्रममा विशिष्टिकृत संस्थाबाट मात्र घर जग्गाको कारोबार गर्ने व्यवस्था गरिने भनिएको छ। अहिले घरजग्गाको कारोबार सबैले गर्दै आएकोमा त्यसलाई रोक्दै सरकारले विशिष्टिकृत संस्था अनिवार्य गर्ने नीति लिन भएको हो ।

सरकारले नीति तथा कार्यक्रममा नापजाँच गर्न छुट भएका जग्गा धनीलाई जग्गाधनी पूर्जा उपलब्ध गराइने र देशभरका सामुदायिक र गुठी जग्गाको विद्युतीय प्रणालीमा रेकर्ड राख्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !