८ पुस २०८२, मंगलबार

आगामी दुई वर्षभित्र सरकारले भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने

प्रकाशित मिति :  24 May, 2022 5:10 pm


काठमाडौं । सरकारले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने घोषणा गरेको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाान गर्ने बताएकी हुन् ।

नीति तथा कार्यक्रममा मुक्त कमैया र मुक्त हुन बाँकी हरुवा चरुवाका लागि स्थानीय तहले रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

जग्गा नापजाँच गर्न छुट भएका जग्गाको जग्गाधनी पूर्जा उपलब्ध गराउने, भू उपयोग नीति र कानुन अनुसार भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू उपयोग योजना तयार गरिने राष्टपति भण्डारीले बताइन् ।

राष्टपति भण्डारीले आयोजनाका लागि जग्गा प्राप्ति सहज बनाउन र तोकिएको उद्योगका लागि हदबन्दीको सीमा पुरावलोकनका लागि कानुनी सुधार गर्नुका साथै भूमिको खण्डिकरण रोक्ने नीति लिने बताइन् ।



प्रतिक्रिया दिनुहोस !