२० बैशाख २०८१, बिहिबार

उत्पादन वृद्धि तथा औद्योगिकीकरण विकासको लागि नीतिगत सुधार गरिने

प्रकाशित मिति :  24 May, 2022 6:39 pm


काठमाडौं । आन्तरिक उत्पादन वृद्धि तथा औद्योगिकरण विकासको लागि नीतिगत , कानूनी र प्रणालीगत सुधार गरिने भएको छ । मंगलबार मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आन्तरिक उत्पादन वृद्धि तथा औद्योगिकीकरणका लागि गुणस्तरिय पूर्वाधार निर्माण एवम् सहजीकरण गर्न नीतिगत, कानूनी र प्रणालीगत सुधार गर्ने बताएकी हुन् ।

विदेशमा सिकेको सिप र गरेको आर्जनलाई नेपालमै रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जनामा उपयोग गर्न प्रोत्सााहन गरिने नीतिमा रहेको छ ।

विदेशबाट औपचारिक माध्यमबाट विप्रेषण भित्राउनको लागि प्रोत्साहन गर्न लागेको छ। अनौपचारिक माध्यमबाट विप्रेषण आउने क्रम बढेको भन्दै औपचारिक माध्यमबाट ल्याउनको लागि प्रोत्साहन गर्न लागेको हो ।

ठुला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण तथा औद्योगिक विकासका लागि सार्वजनिक निजी साझेदारीका अन्य अन्य उपयुक्त लगानी र निर्माण ढाँचा कार्यान्वयनमा ल्याइने नीतिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !