३ जेष्ठ २०८१, बिहिबार

गुनासो…

प्रकाशित मिति :  26 May, 2022 1:17 pm


गुनासो कोसँग गरुँ आमा ?

तिम्रो मातृत्वको….

तिम्रो ममताको…

तिम्रो अभिभावकत्वको…

तिम्रो व्यक्तित्वको …

प्रश्न उठाउने तागत छ र ममा ?

म कुन कुन प्रश्न उठाउँ …

तिम्रो सहनशीलताको …

तिम्रो धैर्यताको …

तिम्रो अग्निपरिक्षाको …

तिम्रो मौनताको ??

प्रेमको पनि पुजारी तिमी,

आदर्शको पनि आभा तिमी जात तिम्रो र मेरो उस्तै …

विवशता तिम्रो र मेरो उस्तै …

मतृत्व तिम्रो मेरो उस्तै …

तिमी नारी म पनि नारी अस्तित्वको अंश नि उस्तै …

कुन हैसियतले गुनासो गरुँ …

गुनासो गर्ने तागत छ र आमा?

तिमी सृष्टिकी पुजारी …

प्रकृतिकी सुन्दर नगरी …

कलाकी सुन्दर बिहानी …

निशाकी प्यारी सुहानी …

हजारौं हस्तिकी निशानी …

तर, आमा… प्रेम जन्माउदै गर्दा बलात्कारी कसरी जन्मायौ ?

बुद्ध जन्माउदै गर्दा दुष्ट कसरी जन्मायौ ?

राम जन्मिदा रावण किन जन्मायौ ?

देवता जन्मिँदा राक्षस किन जन्मायौ ?

कोसँग गरुँ आमा … गुनासो ?

प्रश्न गर्ने अधिकार छ नि हैन आमा ?

गुनासो पोख्ने हिम्मत दियकी छौ नि हैन आमा ?

त्यसैले त यो छोरीहरू जागेको बेला हो …

चिसो आँखाले आँसु बोलेको बेला हो …

तर ,आमा तिम्रो मौन चित्कारले मलाई झस्काउँछ…

तिम्रो शून्य आँखाले मलाई तर्साउँछ…

म प्रश्न तेर्स्याउँला ,तर तिमी आफ्नै कोखलाई …

खै कसरी प्रश्न गर्छेउ ?……

तिमी कस्लाई गुनासो गर्छेउ ? आमा….😥😥

सुलक्षणा भट्टराई (शिखा ) काठमाडौं



प्रतिक्रिया दिनुहोस !