६ पुस २०८२, आइतबार

काठमाडौं वडा नं. १६ मा कांग्रेसका उम्मेदवार मुकुन्द रिजाल विजयी

प्रकाशित मिति :  26 May, 2022 1:56 pm


काठमाडौं १६ मा नेपाली कांग्रेसका उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् । यस अघि २०७४ सालको निर्वाचनमा पनि विजयी हासिल गरेका रिजालले अहिलेको निर्वाचनमा पनि एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरलाई पराजित गरे ।

दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार ५ मत ल्याएका छन् भने पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार २३९ मत ल्याएका छन् ।

धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा कुल १२ हजार ३३६ मत खसेको थियो । रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले १४ वडामा जितेको थियो ।

जारी मतगणनामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जीत निश्चित गरिसकेका छन् । दोस्रो स्थानका लागि एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंह प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस !