२० बैशाख २०८१, बिहिबार

काठमाडौं महानगरपालिका-१५ मा नेकपा एसका उम्मेदवार डंगोल विजयी

प्रकाशित मिति :  26 May, 2022 2:30 pm


काठमाडौं । काठमाडौं महानगरमा वडा नम्बर १५ मा नेकपा समाजवादीका उम्मेदवार ईश्वरमान डंगोलले विजयी हासिल गरेका छन् । यो जीतसँगै डंगोल नेकपा एसको काठमाडौं महानगरको वडामा पहिलो र एकमात्र वडा अध्यक्ष बनेका छन् ।

भर्खरै सम्पन्न भएको मतगणना अनुसार यस वडामा डंगोलले ३४७६ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका जीवन डंगोलले १५७२ मत प्राप्त गरे भने एमालेका पूर्णकाजी डंगोललाई १३९३ मत प्राप्त गरे।

आफ्ुनो वडामा लोकप्रिय छवि बनाएका ईश्वरमान यसअघि पनि वडा नम्बर १५ का वडाध्यक्ष हुन् । यस स्थानीय चुनावमा उनी उपमेयर पदका आकांक्षी भएपनि टिकट नपाएपछि वडा अध्यक्षमै चित्त बुझाएका थिए ।



प्रतिक्रिया दिनुहोस !