१२ बैशाख २०८१, बुधबार

पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाउने मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

प्रकाशित मिति :  27 May, 2022 1:35 pm


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको कर घटाउने भएको छ ।

मूल्यवृद्धिपछि चौतर्फी आन्दोलन र आलोचना भइरहेको बेला जेठ १० गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थ हाल कायम भन्सार शुल्क र पूर्वाधार शुल्क गरी कम्तिमा १० रुपैयाँ कर घटाउन अर्थमन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको हो ।

यद्यपि, कुन शीर्षकको कर कति घटाउने भन्ने निर्णय अहिले नै भइनसकेको भइसकेको स्रोतको भनाइ छ । सरकारले हाल उठाउँदै आएको बुढीगण्डकी जलविद्युत आयोजनाको नाममा अतिरिक्त प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर र भन्सार शुल्कबाटै प्रतिलिटर ५–५ रुपैयाँका दरले कर घटाउने गृहकार्य भइरहेको बुझिएको छ ।

हाल सरकारले भन्सार विन्दुमा नै पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ २३ पैसा र डिजेल/मट्टितेलमा १२ रुपैयाँ २ पैसा र पूर्वाधार शुल्क बापत प्रतिलिटर समान १० रुपैयाँ शुल्क उठाइरहेको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सोको प्रभाव नेपालमा इन्धनको मूल्य आकाशिएको छ ।



प्रतिक्रिया दिनुहोस !