१२ श्रावण २०८१, शनिबार

विप्लव नेकपाद्धारा आक्रमक कारवाही स्थगित

प्रकाशित मिति :  24 March, 2020 7:42 am


????????????????????????????????????

काठमाण्डौं, ११ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेकका आक्रामक कारबाहीहरू बन्द गरिएको जनाएको छ ।

महासचिव विप्लवले विज्ञप्ति निकाल्दै आक्रमक कारवाहीहरु बन्द गरेको जनाएका हुन् । उनले पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन पनि दिएका छन् । विप्लवको विज्ञप्तिमा भनिएको छ,‘तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन गर्दछ । साथै कोरोना भाइरसबाट देश मुक्त नहुँदासम्म सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जानकारी आमजनसमुदायमा अवगत गराउँछौँ ।’

महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना भाइरसले विश्वमानव समुदायलाई ठूलो क्षति पुर्याएको छ । हालसम्म नेपाली जनतालाई क्षति नपुर्याउनु खुशीको कुरा हो । तर जोखिम कायमै छ । यस्तो जोखिमको परिस्थितिमा सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्नुपरेको छ ।’ महासचिव विप्लवले कोरोना सङ्क्रमणका विरुद्ध आमनागरिकलाई सचेत रहन आग्रह समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !