१४ बैशाख २०८१, शुक्रबार

दोर्दी खोला जलविद्युतको आईपीओ बाँडफाँट

प्रकाशित मिति :  27 May, 2022 3:19 pm


काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओ बिहीबार (आज) बाँडफाँट गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुका लागि बैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण शेयर बिक्री गरेको थियो। सोमध्ये ७ लाख ५६ हजार ४२० कित्ता शेयर बिहीबार बाँडफाँट गरिएको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। शेयर बाँडफाँट सम्बन्धी विवरण क्यापिटलको वेबसाइटमा हेर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस !