१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

प्रकाशित मिति :  27 May, 2022 3:34 pm


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/०८०को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीय संसद् अन्र्तगतको राष्ट्रिय सभाले पारित गरेको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम हुन्छ वा हुँदै भन्दै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सभालाई सोध्दा बहुमत सदस्यले हुन्छ भनेर पास गरेका छन् ।

योसँगै आगामी जेठ १५ गते दिउँसो ३ बजे सरकारले दुबै सदनको संयुक्त सभामार्फत आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !