७ बैशाख २०८१, शुक्रबार

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

प्रकाशित मिति :  27 May, 2022 3:48 pm


काठमाडौं । आज (बिहीबार) सेयर बजारमा दोहोरो अंकको घटेकोे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.८२ अंकले घटेर २२२३.७८ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि ३.४० अंकले घटेर ४३३.०७ अंकमा झरेको हो ।

स्टका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटल तथा पर्यटनबाहेक सबै वटा उपसमूहको सेयर घटेको छ ।

त्यस्तै बिहीबार कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयरले अग्रता कायम गरेको छ । कम्पनीको १७ करोड ६० लाख ७५ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.१३ प्रतिशतले बढेको छ ।
यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक सेयरमूल्य ३.८९ प्रतिशतले घटेरको छ ।
कूल २२३ वटा कम्पनीको ४१ लाख ४० हजार ६ सय ६५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २९ करोड ८९ लाख ५ हजार ५ सय ९० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा आज (जेठ १३ गते, शुक्रबार) सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समिक्षामा कुनैपनि नीतिगत परिर्वतन नभएपछि लगानीकर्ताहरुमा निराशा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !