६ पुस २०८२, आइतबार

स्याङ्जामा प्याराग्लाइडिङ सिक्ने क्रममा दुर्घटना

प्रकाशित मिति :  28 May, 2022 1:56 pm


स्याङ्जा । स्याङ्जामा प्याराग्लाईडिङ सिक्ने क्रममा दुर्घटना हुदाँ एक युवती गम्भीर घाइते भएकी छन् ।

स्याङ्जाको भीरकोट नगरपालिका –८ स्वरेक मैदानमा प्याराग्लाईडिङ सिक्ने क्रममा स्वरेककै –१९ बर्षीय लक्ष्मी अर्याल गम्भीर घाइते भएकी हुन् ।

शुक्रबार दिउँसो पाराग्लाइडिङ सिक्ने क्रममा खसेर घाइते भएकी अर्यालको टाउ,ढाढ खुट्टामा चोट लागेको छ ।

घाइते अर्याललाई उद्धार गरी प्रभू एयरको हेलिकप्टर मार्फत पोखरा स्थित मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले बताए ।



प्रतिक्रिया दिनुहोस !