१५ चैत्र २०८०, बिहिबार

गणतन्त्र नेपाली इतिहासकै स्वर्णिम दिन : मुख्यमन्त्री केसी

प्रकाशित मिति :  29 May, 2022 9:33 am


लुम्बिनी । लुम्बिनी प्रदेशका मूख्यमन्त्री कुल प्रसाद केसीले सार्वभौम नेपाली जनताले अधिकार प्राप्त गरेको २०६५ साल जेठ १५ गते नेपाली इतिहासकै स्वर्णिम दिन भएको बताएका छन् । १५ औँ गणतन्त्र दिवशको अवसरमा शुभकामना सन्देश दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ती सामान्य मात्रै नभइ युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम भएको बताएका छन् ।

उनको सन्देमा भनिएको छ “सार्वभौम नेपाली जनताले आफ्नो अधिकार प्राप्त गरेको ऐतिहासिक दिन जेष्ठ १५ अर्थातगणतन्त्र दिवस –२०७९ को गौरवपूर्ण अवसरमा प्रदेशवासी र समस्त देश, विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रदेशको निरन्तर समुन्नती तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु “।

उनले गणतन्त्र प्राप्तिका लागि भएका विभिन्न जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२\०६३ को ऐतिहासिक जनआन्दोलन, गणतन्त्र प्राप्ती र अन्य आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । संघर्षका क्रममा घाइते अपाङ्ग योद्धाहरूप्रति सम्मानसहित स्वास्थ्य लाभको कामना गर्दै बन्दी, बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान रहेकाे बताएका छन् ।

उनले भनेका छन् “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्ती सामान्य होइन, यो एउटा युगान्तकारी परिवर्तन र ऐतिहासिक घटनाक्रम हो । गणतन्त्र नेपालको स्थापनाका लागि नेपालीहरुको महत्वपूर्ण त्याग, तपस्या र बलिदानबाटै मात्रै सम्भव भएको हो । हामी सबैको मेहनत, योगदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझै बलियो र मजबुत बनाउँदै लग्नु हामी सबै नेपालीहरुको कर्तव्य र अधिकार हो “।

गणतन्त्र नेपालको स्थापनासँगै गणतन्त्रको जगमा संविधान जारी भई संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था लगायत वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरू संस्थागत भएको बताएका छन् । यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशबासी जनसमुदायमा बधाई ज्ञापन गर्दै आफ्ना अधिकारहरूलाई संस्थागत गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालप्रति गौरव गर्न अपील गरेका छन्

गणतन्त्र नेपालको जगमा जारी संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेको बताएका छन् ।

विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुढृढीकरण मार्फत लाभको न्यायोचित वितरणलाई प्रदेश सरकार दृढ संकल्पित रहेको जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !