६ पुस २०८२, आइतबार

वालिङमा गणतन्त्र दिवसको अवसरमा रक्तदान

प्रकाशित मिति :  29 May, 2022 11:40 am


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा रोटरी क्लब अफ वालिङद्वारा गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जनाले गरे रक्तदान गरेका छन् ।

“रक्तदान जीवन दान”भन्ने नारा सहित वालिङ सामुदायिक डायलासिस सेन्टर वालिङ फुलबारीमाआयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेको रोटरी क्लब अफ वालिङका कोषाध्यक्ष गणेश राउतले जानकारी दिए ।

रक्तदान कार्यक्रमको वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले ९ब्लड ब्याग० हस्तान्तरण गरेर उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र पोखराको प्राविधिक सहयोग र रोटरी क्लब अफ वालिङको आयोजनामा सम्पन्न भएको हो ।

हरेक सघं संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्दै आएका नगरप्रमुख खाँणले शनिबार रोटरी क्लब अफ वालिङद्वारा आयोजित रक्तदान कार्यक्रममा ४३औँ पटक रक्तदान गरेका हुन् । कार्यक्रममा नेपाल प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यार्थीहरूलगायत विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !