६ पुस २०८२, आइतबार

विमानको खोज तथा उद्धारमा सघाउन स्थानीयलाई आग्रह

प्रकाशित मिति :  29 May, 2022 1:03 pm


काठमाडौं । सरकारले मुस्ताङमा हराइरहेको तारा एयरको विमानको खोज तथा उद्धारमा सघाउन स्थानीय बासिन्दसँग अनुरोध गरेको छ ।

त्रिभूवन विमानस्थल कार्यालयले स्थल र हवाइमार्गबाट विमानको खोजी भइरहेको उल्लेख गर्दै मुस्ताङका सर्वसाधारणलाई हराइरहेको विमानका बारेमा जानकारी भएमा खोज तथा उद्धार समन्वय केन्द्रको फोन नम्बर ०१४११३००० मा सूचना दिन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !