८ पुस २०८२, मंगलबार

हराइरहेको जहाजमा १३ नेपाली, ४ भारतीय र २ जर्मन नागरिक : तारा एअर

प्रकाशित मिति :  29 May, 2022 2:44 pm


काठमाडौं । बिहानदेखि हराईरहेको तारा एअरको जहाजमा ३ जना चालक दलका सदस्य,१९ यात्रुसहित २२ जना रहेको उक्त कम्पनीले जनाएको छ ।

विज्ञप्ति जारी गर्दै तारा एअरले ३ जना चालक दलका सदस्य, १३ नेपाली,४ भारतीय र २ जर्मन नागरिक रहेको जनाएको छ । बिमान अन्तिम पटक जोमसोम टावरसँग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्क भएको कम्पनीको भनाई छ ।

विज्ञप्तिमा भनिएको छ,“विमान अन्तिम पटक जोमसोम टावरसँग १०.०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् सम्पर्कविहीन भएकोले सो विमानको खोजतलासका लागि जोमसोमबाट हेलिकप्टर पठाइएको तर प्रतिकूल मौसमको कारण उक्त हेलिकप्टर पुन : जोमसोम नै फर्किएको छ ।”

खोजी तथा उद्दार कार्यका लागि काठमाडौं,पोखरा र जोमसोम विमानस्थलमा हेलिकपटर तयारी अवस्थामा राखिएको तारा एअरले जनएको छ । यस्तै नेपाली सेना, नेपाल प्रहरी र तारा एअरको उद्दार टोली स्थलमार्गबाट परिचालन भएको कम्पनीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !