८ पुस २०८२, मंगलबार

उद्योग स्थापनाका लागि जग्गाको हदबन्दी पुनरावलोकन गरिने, ५० वर्षसम्मका लागि लिजमा

प्रकाशित मिति :  29 May, 2022 4:51 pm


काठमाडाैं । सरकारले उद्योग स्थापनाका लागि आवश्य पर्ने जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि संसदमा बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले भने,”उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा दिन सकिने व्यवस्था मिलाइने छ ।”

विदेशी लगानीको न्यूनतम सीमा पुनरावलोकन गरि रु २ करोड कायम गरिने र वैदेशी लगानी आकर्षसित गर्न रु १० करोडसम्मको लगानी स्वचालित प्रणालीबाट हुने व्यवस्था मिलाइने उनले जानकारी दिए ।

ठूला लगानीकर्ताले विद्युतीय माध्यमबाट प्रत्यक्ष वैदेशिक लगानीको माग गरेमा पूर्व तयारीका कार्य सम्पन्न गरेको ७ दिनभित्र प्रारम्भिक स्वीकृति दिने व्यवस्था गर्ने लगानी स्वीकृत र उद्योग सञ्चालनसम्बन्धी बाँकी प्रकृया ६ महिनभित्र पुरा गरिसक्ने बजेटमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !