वृद्धभत्ता : उमेर घट्यो, भत्ता बढेन
प्रकाशित मिति : 29 May, 2022 5:36 pm
काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता अन्र्तगत वृद्धभत्ता पाउने उमेर २ वर्ष घटाएको छ । आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले वृद्ध भत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६८ वर्ष बनाएको बताएका छन् ।
हाल ७० वर्ष पुगेकाहरुले मात्रै वृद्धा भत्ता पाउने गरेकोमा अब ६८ वर्षमै पाउने भएका छन् ।
त्यस्तै यस वर्ष सरकारले वृद्धभत्ता वृद्धि गरेको छैन ।
साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने पनि मन्त्री शर्माले बताए ।








