६ पुस २०८२, आइतबार

२५ जिल्लामा सुत्केरीले ५ हजार पोषण भत्ता पाउने

प्रकाशित मिति :  29 May, 2022 5:45 pm


काठमाडौं । सरकारले देशका पिछडिएका २५ जिल्लाका सुत्केरीलाई भत्ताबापत ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

आइतबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुत्केसी भत्ताबापत ५ हजार रुपैयाँ उपलब्ध गराउने बताएका हुन् ।

आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई सुत्केरी भत्ताको रुपमा ५ हजार रुपैयाँ पोषणभत्ताको रुपमा एकमुष्ट उपलब्ध गराइने घोषणा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !