सरकारले सिंहदरबारभित्र प्रयोग हुने एलपी ग्याँस आगामी साउनभित्रै हटाउने
प्रकाशित मिति : 29 May, 2022 5:59 pm
काठमाडौं । सरकारले सिंहदरबारभित्र प्रयोग हुने एलपी ग्याँसलाई आगामी साउनभित्रै विस्थापित गर्ने भएको छ ।
आर्थिक वर्ष २०७९र८० मा सिंहदरबारभित्र आगामी साउनभित्र ग्याँस सिलिण्डर विस्थापित गरी विद्युतीय चुल्हो उपयोग गर्नुपर्ने व्यवस्था मिलाईएको उल्लेख छ ।
अर्थमन्त्री शर्माले सिंहदरबारपछि आगामी ३ महिनाभित्र महानगर,उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासहरुलाई ग्यास सिलिण्डरमुक्त गराई क्रमश विद्युतीय चुल्होलाई देशव्यापी बनाइने बताए ।
उनले एलपी ग्याँसमा प्रदान हुँदै आएको अनुदान क्रमश : कटौती गर्दै लैजाने बताए ।








